Section 36
कूत बुझाउने समय र तत्सम्बन्धी अरू व्यवस्था
(१) मोहीले बुझाउनु पर्ने कूत जग्गावालालाई प्रत्येक साल तोकिएको समयभित्र बुझाई सक्नुपर्छ ।
तर उब्जनी बाली कटनी मडनी हुँदाकै बखत थला वा खरिहानमै बाँडी लिने शर्त भएकोमा जग्गावाला वा निजको प्रतिनिधिलाई नराखी मोहीले उब्जनी बाली उठाउन हुँदैन । पूर्व सूचना दिंदा पनि जग्गावाला वा निजको प्रतिनिधि नआए सम्बन्धित गाउँपालिका वा नगरपालिकामा दरखास्त दिई सो गाउँपालिका वा नगरपालिकाको कम्तीमा एकजना सदस्य र दुईजना संधियारहरूलाई साक्षी राखी निस्सा गराई मोहीले जग्गावालाको भाग छुट्याई आफ्नोे जिम्मा राख्न सक्नेछ र यसरी छुट्याएको भाग जग्गावालाले मञ्जुर गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कूत बुझाउँदा जग्गावाला वा निजका प्रतिनिधिले कबुलियतमा उल्लेख भएको कूत बुझी नलिएमा मोहीले कूत बुझाउने म्याद नाघेको ३० दिनभित्र दरखास्त साथ बुझाउनु पर्ने कूत बजार भाउले नगदीमा परिणत गरी गाउँपालिका वा नगरपालिका वा जिल्ला माल अड्डा वा भूमि प्रशासन कार्यालयमा धरौटी राख्न सक्नेछ ।
तर आफूले बुझाउनुपर्ने कूतको सकयडा ९० प्रतिशत भन्दा कम हुनेगरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिनेछैन र त्यस्तो भाउ वा अंकमा फरक पारी वा झुठ्ठा व्यहोरा देखाई धरौटी राखेको देखिए उपदफा (५) बमोजिम जग्गावालाबाट लिइने सयकडा २ प्रतिशत धरौटी राख्ने मोहीबाट असुल गरिनेछ ।
(३) उपदफा (२) बमोजिम मोहीले धरौटी राख्न आएमा धरौटी राख्ने गाउँपालिका वा नगरपालिका वा माल अड्डा वा भूमि प्रशासन कार्यालयले सो धरौटी राख्न ल्याएको रकम धरौटीमा आम्दानी बाँधी सो रुपैयाँ बुझ्ने ७ दिन भित्र जग्गावालाका नाउँमा सूचना जारी गर्नुपर्छ ।
(४) उपदफा (३) बमोजिम सूचना पाएपछि सो कूत बुझ्न नपर्ने कुनै कारण छ भने जग्गावालाले बाटोको म्याद बाहेक १५ दिन भित्र धरौटी राख्ने गाउँपालिका वा नगरपालिका वा माल अड्डा वा भूमि प्रशासन कार्यालयमा आफैं गई वा प्रतिनिधि पठाई उजूर गर्न सक्नेछ । उक्त म्याद भित्र उजूर नगरेमा सो धरौटी रहेको कूत बुझ्न जग्गावाला मन्जुर भएको मानिनेछ ।
(५) उपदफा (२) बमोजिम कूत धरौटी रहेको जनाउ पाएको वा झगडा परी अड्डाबाट अन्तिम निर्णय भएको मितिले १ वर्ष भित्र सो धरौटी रुपैयाँ पाउँ भनी जग्गावाला वा निजको प्रतिनिधिले दरखास्त दिन आएमा धरौटी अड्ढको सयकडा २ दस्तूर लिई सो रुपैयाँ धरौटी राख्ने गाउँपालिका वा नगरपालिका वा माल अड्डा वा भूमि प्रशासन कार्यालयले निजलाई बुझाईदिनुपर्छ । सो म्याद भित्र सो बमोजिम दरखास्त नदिएमा सो अवधि भुक्तान भएपछि सो धरौटी स्वतः नेपाल सरकारको संचित कोषमा जम्मा हुनेछ ।
(६) उपदफा (२) र (५) बमोजिम धरौटी अड्ढको सयकडा २ को दरले गाउँपालिका वा नगरपालिकाले दस्तुर लिएको रकम सोही गाउँपालिका वा नगरपालिकाको कोषमा आम्दानी बाँधी खर्च गर्न सक्नेछ ।
(७) मोहीले कृत वापत कार्यालय वा स्थानीय तहमा धरौटीमा राखेको रकममा अदालत वा अन्य निकायमा मुद्दा परेकोमा बाहेक जग्गाधनी आफैंले जानकारी लिई दुई वर्षभित्र बुझी लैजानु पर्नेछ र सो अवधिभित्र बुझी नलगेमा कार्यालय वा सम्बन्धित स्थानीय तहले सोही आर्थिक वर्षभित्र राजस्व खातामा सदर स्याहा गर्नु पर्नेछ।